गजल
धेरै आश त देखाउदिन नुनको खाँचो नपारौला
जाडो याममा एकै सरो ऊनको खाँचो नपारौला
गरगहनाले झरिझट्ट बाल्नलाइ त कहाँ सक्छुर
बेहुली हुँदा एकै तोला सुनको खाँचो नपारौला
पेन्टिङ गर्ने रङ्याउने महलको त इच्छा मात्रै
झुपडीको भित्ता पोत्ने चुनको खाँचो नपारौला
एकै ट्याब्लेट सिटामोल त पुर्याउन पक्कै सक्छु
जस्तै परोस चाहिया बेला खुनको खाँचो नपारौला
घरी घरी बेहोस हुन्छौ तारा माग्छौ आकाशका
थाली भरी पानी राखी जुनको खाँचो नपारौला
सार्है सुन्न मनपराउछौ गजल रत लेख्छ 'दिनेश'
मालिङो छ बसुरिको धुनको खाँचो नपारौला
No comments:
Post a Comment