मेरो बारे

Saturday, April 11, 2015

फेसबुकका फोटाहरु

फेसबुकका फोटाहरु

समुन्द्र को किनार
सुकिला कपडाहरु
सलक्क  परेको शरीर
अनि गोरो अनुहार
घुडा घुडा सम्मको वान पिसमा
निलो पृष्ठभूमि पारेर
फरक फरक पोज मा
खिचिएका तस्बिर हरु
Enjoying holiday को
Caption राखेर
अपलोड गरिएकाछन फोटा हरु
Uploaded via Samsung mobile
१९ मे
२३३ likes ८४ comments

मलाइ पनि तिम्रा ति 
फोटा का चुम्बकहरुले
नतान्ने कुरै भएन
Like मा एक click गरेर
कमेन्ट nice picture लेख्नु    अघि
मलाइ दोहोर्याएर
तिम्रो प्रतिबिम्ब खोज्न मन लाग्यो
तिम्रा  सेता  पिडुला
उच्चा  छाती 
अनि हिस्सी  परेको  अनुहारले
मलाइ नालोभ्याउने  कुरै
Download   गरे
जुम  गरे 
अनि  पटक  पटक  हेरे 
फेरी एक चोटी
तिमीलाई नंग्याएर
असर्फी ले डामेको
पिडुलाको घाउ
सपनाले चिथोरेर
छिया छिया पारेको कम्मर
बाध्यताले कोतारेर
चिरा चिरा पारेको  छाती
अस्वाशनले दिउसै बलात्कार गरेर
रद्दीको टोकरीमा फालेर
कवाडीको भाउमा
बेचिएको तिम्रो शरीर
हो त्यहि हेर्न मन
अब एक पटक
पसिनाको परफ्युम छर्केर
आँसुको गाजल
रगतको लिपस्टिकले श्रिङ्गारिएर
हिम्मतको क्यामराले
समयको पृष्ठभूमि राखेर
बास्तबिकताको एउटा फोटो खिच
अपलोड गर
रंगाउ फेसबुकको वाल
अनि पहिलो लाइक मेरो पाउनेछौ