फेसबुकका फोटाहरु
समुन्द्र को किनार
सुकिला कपडाहरु
सलक्क परेको शरीर
अनि गोरो अनुहार
घुडा घुडा सम्मको वान पिसमा
निलो पृष्ठभूमि पारेर
फरक फरक पोज मा
खिचिएका तस्बिर हरु
Enjoying holiday को
Caption राखेर
अपलोड गरिएकाछन फोटा हरु
Uploaded via Samsung mobile
१९ मे
२३३ likes ८४ comments
मलाइ पनि तिम्रा ति
फोटा का चुम्बकहरुले
नतान्ने कुरै भएन
Like मा एक click गरेर
कमेन्ट nice picture लेख्नु अघि
मलाइ दोहोर्याएर
तिम्रो प्रतिबिम्ब खोज्न मन लाग्यो
तिम्रा सेता पिडुला
उच्चा छाती
अनि हिस्सी परेको अनुहारले
मलाइ नालोभ्याउने कुरै
Download गरे
जुम गरे
अनि पटक पटक हेरे
र फेरी एक चोटी
तिमीलाई नंग्याएर
असर्फी ले डामेको
पिडुलाको घाउ
सपनाले चिथोरेर
छिया छिया पारेको कम्मर
बाध्यताले कोतारेर
चिरा चिरा पारेको छाती
अस्वाशनले दिउसै बलात्कार गरेर
रद्दीको टोकरीमा फालेर
कवाडीको भाउमा
बेचिएको तिम्रो शरीर
हो त्यहि हेर्न मन छ
अब एक पटक
पसिनाको परफ्युम छर्केर
आँसुको गाजल
र रगतको लिपस्टिकले श्रिङ्गारिएर
हिम्मतको क्यामराले
समयको पृष्ठभूमि राखेर
बास्तबिकताको एउटा फोटो खिच
र अपलोड गर
र रंगाउ फेसबुकको वाल
अनि पहिलो लाइक मेरो पाउनेछौ
No comments:
Post a Comment