Tuesday, January 27, 2015
माक्ली
माक्ली
यो नियतिको गोरेटो ले फटक फटक फट्कारेर कहाँ कहाँ पुर्याउछ मलाइ त्यो बन्दी गृह पाठशाला पठाउछ तलाइ स्वतन्त्र आकाश मुनिको उन्मुक्त चौरी मा धपाउछ मेरो पाठशालामा राक्षसका दार्हा जस्ता गणितका सुत्रहरुले बेला बेला घोचिरहन्छन खैरेती बाजेको निजी अंग्रेजीले स्वर्णिम ब्यन्जन ध्वनिको प्रतिक्षामा बसेका मेरा कलिला कानमा घोचिरहन्छन बेला बेला भ्यागुत्ताको ट्वार्ट्वार आवाज जस्ता संगितहिन कविताहरु ले मारकको दौडमा लखेट्दा लखेट्दा मेरो बालापन कति मर्माहित भएको छ गैरी बनको न्यानो स्पन्धनमा छरपस्ट पिटिक पिटिक भाचिरहने तिम्रो भविस्यका सिन्काहरु भाच्दै गन्दै जोड्दै खेलिएको अंक गणितमा कति मिठास छ है चराको चिरिबिरी छङ्छङ झरनाको आवाज कोइलिको कुहुकुहु अनि तिम्रो लैबरी भाखामा कहिलै नलेखिएको कबिता आहा कति मीठो छ है आज समयले घुएत्रो हनेर पुर्याइदियो मलाइ चिहानै चिहानको बस्ती मा र तलाइ मानव हृदयको गाउँ मा म समय को दौडमा दौडिरहेछु कसैलाइ उछिन्न कसैलाइ पछार्न भेटेका प्रत्येक गन्तब्यहरु लाई अलिकती आँसुका टाटा हरुको चिनो छाड्दै छाड्दै म बेजोड सग दौडिरहेको छु तँ सम्बेदनाको चौतारीमा सारा इच्छाहरु बिछ्याएर बसिरहेकी छेस कति आनन्द है।।।।
जीवनको अदालत
जीवनको अदालत
काली
जीवनको अदालतमा
मलाउ उभ्याउन
प्रेम गरेको आरोपको
फिराद पत्र बोकेर आयौ
स्पर्शको इतलायानामा
तिम्रो
मुस्कानको तमिलदारले मलाई
आखाँको संकेत भन्दा धेरै छिटो
तामेली गर्यो
तिम्रो जीवनको संघारमा
तिम्रो
आँखा भरी साक्षी
मुटु भरि प्रमाणको अगाडि
मेरो कलिलो प्रतिउत्तको
कुनै दम्भ थिएन
तिमिले नजरको हत्कडी लगाएर मलाई
हृदयको कठ्घरामा उभ्यायौ
न्यायाधीशको अघि
समर्पणको बयान गर्नु थियो मैले
न साक्षी
न प्रमाण
तिम्रो जवानिको वकिलको जिरहले
खुत्रुक्क बनायो मलाई
म उठ्नै सकिन
र कबुल गरायौ
खै के के गर्यौ गर्यौ
चाहनाको मिसिल कब्जा गरेर
तायदाती फारम भरी
कहिलै नसड्ने
सम्झना र यादहरुले भरिछौ
पटक पटक
म्याद गुजार्दा पनि
धरै दिएनौ तिमिले
र
चर्का चर्की
चुम्मनको बहसमा
तिम्रो जवानिको वकिल अगाडी
निरीह साबित भएथ्यो
मेरो चाहनाको वकिल
खै कुन कुन कानुन हेरेर हो कुन्नी
न्यायाधीश
प्रेममाया र समर्पण कुमारको
संयुक्त इजलासले
फैसला गरिदियो तिम्रै पक्षमा
र
पुनराबेदन गर्नै सकिन मैले
तहशिल शाखाले
डोर खटाए पछि
तिम्रो र मेरो जीवनको
चलन चलाउन
म आउदै छु
काली
यो मंसिर त गइ हाल्यो
अब अर्को मंसिरमा ल ।
Subscribe to:
Posts (Atom)