जीवनको अदालत
काली
जीवनको अदालतमा
मलाउ उभ्याउन
प्रेम गरेको आरोपको
फिराद पत्र बोकेर आयौ
स्पर्शको इतलायानामा
तिम्रो
मुस्कानको तमिलदारले मलाई
आखाँको संकेत भन्दा धेरै छिटो
तामेली गर्यो
तिम्रो जीवनको संघारमा
तिम्रो
आँखा भरी साक्षी
मुटु भरि प्रमाणको अगाडि
मेरो कलिलो प्रतिउत्तको
कुनै दम्भ थिएन
तिमिले नजरको हत्कडी लगाएर मलाई
हृदयको कठ्घरामा उभ्यायौ
न्यायाधीशको अघि
समर्पणको बयान गर्नु थियो मैले
न साक्षी
न प्रमाण
तिम्रो जवानिको वकिलको जिरहले
खुत्रुक्क बनायो मलाई
म उठ्नै सकिन
र कबुल गरायौ
खै के के गर्यौ गर्यौ
चाहनाको मिसिल कब्जा गरेर
तायदाती फारम भरी
कहिलै नसड्ने
सम्झना र यादहरुले भरिछौ
पटक पटक
म्याद गुजार्दा पनि
धरै दिएनौ तिमिले
र
चर्का चर्की
चुम्मनको बहसमा
तिम्रो जवानिको वकिल अगाडी
निरीह साबित भएथ्यो
मेरो चाहनाको वकिल
खै कुन कुन कानुन हेरेर हो कुन्नी
न्यायाधीश
प्रेममाया र समर्पण कुमारको
संयुक्त इजलासले
फैसला गरिदियो तिम्रै पक्षमा
र
पुनराबेदन गर्नै सकिन मैले
तहशिल शाखाले
डोर खटाए पछि
तिम्रो र मेरो जीवनको
चलन चलाउन
म आउदै छु
काली
यो मंसिर त गइ हाल्यो
अब अर्को मंसिरमा ल ।
No comments:
Post a Comment