गजल
मेरा लागि सारा संसार तिमि मात्रै पनि हैनौ
जिन्दगीको सबै आधार तिमि मात्रै पनि हैनौ
तिमि रश्मि छर्दै आउदा रमाउछु म आफै भित्र
तर घरको सबै संघार तिमि मात्रै पनि हैनौ
उही नदी उही पहाड यात्रा धेरै सुन्दर लाग्छ
बाटो बीचको सबै जंघार तिमि मात्रै पनि हैनौ
धेरै पाटो जिन्दगीको बस एउटा पाटो तिमि
मुटु भित्र सबै प्यार तिमि मात्रै पनि हैनौ
No comments:
Post a Comment