गजल
मेरो सामु ठाडो शिर झुकाउछिन र चुस्स हेर्छिन
दुवै आँखा परेलीमा लुकाउछिन र चुस्स हेर्छिन
कहिले बिस्तारै हिड्छिन कहिले हिड्छिन बेजोड संग
अलि अलि कोमल पाइला रुकाउछिन र चुस्स हेर्छिन
परै बाट लजाउदै आउछिन जम्का भेट हुदा
छेउमा पुग्दा ओठ मुख सारा सुकाउछिन र चुस्स हेर्छिन
केहि कुरा भन्न खोज्छिन फेरी ओठ टोक्न थाल्छिन
मनको कुरा मनै भित्रै लुकाउछिन र चुस्स हेर्छिन
मेरै बाटो कुरिरहन्छिन पल्लो मोडमा म आइपुग्दा
सारा खुसि ओठ भरि फुकाउछिन र चुस्स हेर्छिन
No comments:
Post a Comment