मेरो बारे

Tuesday, March 10, 2015

 गजल

म रोएको बेला हसाउने एउटा मान्छे 
तानेर छेउमै  बसाउने एउटा मान्छे


भेट्नलाई  सधै  हतार गर्ने अनि 
छुट्ने बेला  आँशु  खसाउने एउटा मान्छे


अलि  धेरै दुख अनि थोरै खुशी
सुनाउदा छातीमा टसाउने एउटा मान्छे


नजान्दा नजान्दै मुटुमा डु बाउन 
अलि अलि माया रसाउने एउटा मान्छे


अनि भाग्न खोज्दा मनमै बाँधेर 
नटुट्ने डोरीले कसाउने एउटा मान्छे


लौ है हजुर साह्रै नै खाँचो छ 
दिनेश लाइ प्रेममा फसाउने एउटा मान्छे

No comments:

Post a Comment